
जनकपुरधाम, २० फागुन । जनकपुरधामस्थित मधेश भवनमा एकजना व्यक्ति मृत फेला परेका छन् ।
मधेश भवनमा मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका हुन् । उनी सुतिरहेको ओछ्यानमै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया