२५ असार २०८३, बिहिबार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । संघीय संसद्अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानी जहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ ।