१७ असार २०८३, बुधबार

मेलम्चीको पाइप फुटेपछि थापाथलीमा सडक अवरुद्ध

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । काठमाडौंको थापाथलीमा मेलम्चीको पानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि त्यस क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

पाइप फुट्नुको कारण पत्ता लागेको छैन । पाइप फुटेपछि पानी आपूर्तिमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

यसअघि पनि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको मुख्य पाइप लाइन फुट्दा ठूलो बाढी आएको थियो, जसले त्यस आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो ।