२२ असार २०८३, सोमबार

सरकारलाई गरेको समर्थन फिर्ता लिने कुरा हल्ला मात्र हो : प्रवक्ता सुमन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई गरेको समर्थन फिर्ता लिने भन्ने हल्ला गलत भएको बताएका छन् ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पटक पटक भनेको भन्दै यो कुराले समर्थन नै फिर्ता लिने भन्ने नहुने बताएका हुन् ।

उनले भने, ‘यो सरकारले राम्रो काम गरेनभनेर हाम्रो प्रस्ताव नै छ । भ्रष्टाचार, वेतिथि रोक्न सकेन र देशमा केही नौलो गरेको देखिएन भन्ने प्रस्तावमा उल्लेख छ ।

सरकारलाई गरेको समर्थन फिर्ता लिने जस्तो कुरा भन्ने चाहीँ होईन । हामीले एउटास्थिर सरकारको कल्पना गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं र भोलीका दिनमा पनि ओलीको सरकार सधैँ चलोस भनेर हामीले भनेका हुन्छौ । उहाँले प्रस्तुत गर्नु भएको भूमि सम्बन्धी अध्यादेश भने मान्न सकिदैँन् । यो फिर्ता लिनु भनेर पटकपटक सरकारलाई भनेका छौ तर यो हुदैँमा समर्थन फिर्ता लिने भन्ने हुदैँन् ।’

यस्तै, उनले बैठकको भोली ११ बजे बस्ने गरी स्थगित भएको भन्दै आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरुले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरेको बताए ।