९ असार २०८३, मंगलबार

मच्छिन्द्र क्लबले तेस्रो पटक जित्यो केपी ओली कप फुटबलको उपाधि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि हात पारेको हो ।

जितसँगै मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ ।

खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै  मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।

यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।

मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो ।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।