२० जेष्ठ २०८३, बुधबार

केपी ओली कप फुटबलको फाइनल हेर्न प्रधानमन्त्री पनि मैदानमा (तस्वीरहरू)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल हेर्न मैदानमै पुगेका छन् ।

त्रिपुुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको फाइनल खेल साथै समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।

रंगशालामा खचाखच दर्शकबीच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच फाइनल खेल हुँदैछ । खेल हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति पस्किएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो ।