
काठमाडौं, १९ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले शेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्तासेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (फागुन १९ गते)बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति शेयर खरिद गर्ने त्यसको व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ ।
शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
३५ दिन भित्र संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया