२ श्रावण २०८३, शनिबार

च्याम्पियन्स ट्रफीः न्यूजील्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समूह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।

भारतले दिएको २५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुँदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्वाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए ।

त्यसैगरी, भारतीय बलर वरुण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो ।

भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।

त्यसैगरी, न्यूजील्याण्डका बलर माट हेनरीले सर्वाधिक ५ विकेट लिएका थिए ।

यो जितपछि भारत समूह ए मा समूह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ ।

त्यस्तै, अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।

अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुनेछ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।