१९ असार २०८३, शुक्रबार

एमालेका नेताले विदेश जानुपरे पार्टीबाट अनुमति लिनुपर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का नेताहरूले विदेश जानुपरे पार्टीको अनुमति लिनुपर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले आचारसंहिता बनाउँदै अनुमति लिनुपर्ने निर्णय गरेको हो । पार्टी महासचिव शंकर पोखरेलका अनुसार विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने आचारसंहिता बनाइएको छ ।

कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो पर्याप्त जानकारी पार्टीलाई गराउनुपर्ने उनले बताए । गइसकेपछि पार्टी र देशको गरिमा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि आफ्नो भ्रमणबारे व्यवस्थित रिपोर्ट प्रस्तुत गर्नुपर्ने पोखरेलले जानकारी दिए ।