२१ जेष्ठ २०८३, बिहिबार

गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । इजरायली सेनाले गरेका हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।“इ

जरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,” गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शङ्कास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेको थियो । यसैबीच, स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौं परिवार विस्थापित भएको जानकारी दिए ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन सहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारे र दुई जना घाइतेको उपचार गरे ।

साथै, शहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेका आक्रमणमा परी एक युवकको मृत्यु भएको छ ।

इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन । इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिन पछि यो घटना भएको हो ।

युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।

युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ । युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।