
काठमाडौं, १८ फागुन । नेकपा (एमाले) ले पाथीभरामा निर्माणाधिन केबलकार विवादका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
आज बसेको सचिवालय बैठकले सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न आग्रह गरेको हो । दुवै पक्षसँग छलफल र संवाद गरी केबलकार निर्माण गर्नतर्फ लाग्नुपर्ने सुझाव एमालेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको जानकारी दिए ।








प्रतिक्रिया