
काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप भएको छ ।
स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको प्रदर्शन उग्र बनेपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा झडप भएको हो । झडपमा परेर नेपाल प्रहरीका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ ।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । झडपमा १२ प्रदर्शनकारी पनि घाइते भएका जानकारी दिइएको छ ।








प्रतिक्रिया