
काठमाडौं, १८ फागुन । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न खेलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड ३८.२ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो ।
यो जितपछि समूह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै, अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी, योसँगै समूह बी बाट अफगानिस्तान र इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् । अब समूह चरणअन्तर्गतको अन्तिम खेल आइतबार समूह ए को भारत र न्यूजील्याण्डबीच हुँदैछ । यस खेलले समूह विजेता र उपविजेताको तय गर्ने छ ।
समूह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समूह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।








प्रतिक्रिया