
रौतहट, १७ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकामा सुविधायुक्त बसपार्क सञ्चालनको तयारी थलिएको छ । संघन सहरी तथा भवन निमार्ण आयोजना वीरगञ्जको सहयोगमा बसपार्क निमार्ण गरिएको हो ।
चन्द्रपुर वडा नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशनसहितको सुविधायुक्त बसपार्कमा शौचालय, स्तनकक्ष, विश्रामकक्ष, चमेनागृह लगायतको व्यवस्था गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजयकुमार काफ्लेले यो बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित बस पार्किङको समस्या हट्ने बताए । चाडपर्वको समयमा राजमार्गमा हुने सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न यस बसपार्क उपयोगी हुने उनको विश्वास छ ।
शहरी विकास मन्त्रालयअन्त्तर्गत संघन सहरी तथा भवन निमार्ण आयोजना वीरगञ्जले चन्द्रपुर नगरपालिका वडा नं २, ३, ४ र ५ मा भएका विकासका विभिन्न योजनाहरु सम्पन्न गरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेलाई हस्तान्तरण गरेको हो । विनायक/प्रजिल जेभी सुकुल ढोका भक्तपुरलाई ४ वटा योजना निमार्णको जिम्मा पाएको थियो । यो योजना सम्पन्न गर्न १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको ठेक्का लिएको ठेकेदार कम्पनीका प्रतिनिधि इन्जिनियर मनिष कुमार सिंहले जानकारी दिए । उनका अनुसार चन्द्रपुर वडा नं २ जुडिबेला प्रवेशद्वारबाट असनवा सम्मको ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे र सडकको दुबैतर्फ नाला निमाार्ण कार्य गरेको हो ।
यसैगरी, वडा नंं ३ गैडाटारमा हाट बजारको सेड निमार्ण, वडा नं ४ टेकानटोलमा चार्जिङसहितको बसपार्क निमार्ण र वडा नंं ५ मा ३ सय ५० मिटर नाला सहित सडक कालोपत्रे गरेको उनले बताए । चन्द्रपुर नगरपालिकाले सम्पन्न योजना सञ्चालनमा ल्याइएको जनाएको छ ।









प्रतिक्रिया