११ असार २०८३, बिहिबार

केपी ओली कपः दोस्रो सेमिफाइनलमा केपी ओली एफसी र मछिन्द्र क्लब भिड्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै छ ।

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।