३१ असार २०८३, बुधबार

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएर एकएक अंक बाँडेपछि अस्ट्रेलिया समूह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाउँदै १०९ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको थियो ।

समूह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ । यस समूहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको खेल पछि लाग्ने छ ।

इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेकोले दक्षिण अफ्रिका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन् । तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इंग्ल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।