
काठमाडौं, १६ फागुन । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक÷एक गोल गरे ।
नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियान लुजीवुफोन नेपाल आउने राष्ट्रिययुवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।








प्रतिक्रिया