५ असार २०८३, शुक्रबार

युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

‘बोटिम’ एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफरले युएईमा रहेका नेपालीहरुमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ ।

यही फागुन १५ देखि चैत १५ सम्म लागु हुने अफरअन्तर्गत नेपाली १० हजार रुपैयाँ वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यममार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ ।