२७ जेष्ठ २०८३, बुधबार

हमासले फिर्ता गर्‍यो थप चार बन्धकको शव

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ । तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन् ।

उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् ।

योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ । जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए ।

त्यस्तै, हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ । पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि वार्ता भइरहेको बताइएको छ ।