
काठमाडौं, १५ फागुन । अफगानिस्तानले इंग्ल्याण्डलाई पराजित गरेको छ । जारी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बी को खेलमा अफगानिस्तानले इंग्ल्याण्डलाई ८ रनले पराजित गरको हो ।
अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४९.५ ओभरमा अल आउट हुँदै ३१७ रन मात्र बनाएपछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८/३८ रन बनाएका थिए । जामी ओभरटनले ३२ रन बनाएका थिए ।
त्यस्तै, अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्वाधिक ५ विकेट लिएका थिए भने मोहमद नविले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्कासहित १७७ रन प्रहार गरेका थिए ।
त्यस्तै, अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०/४० रन बनाएका थिए ।
त्यसैगरी, इंग्ल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एकएक विकेट लिएका थिए ।
यो हारसँगै इंग्ल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ ।
त्यस्तै, अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ ।








प्रतिक्रिया