२१ असार २०८३, आइतबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जकार्ता, १४ फागुन । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ६ः५५ बजे सुलावेसी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

इन्डोनेसियाको मौसम विज्ञान एजेन्सीले ६ म्याग्निच्युडको भूकम्प गएको र सुनामीको कुनै सम्भावना नभएको बताएको छ ।

यसअघि जनवरी २०२१ मा सुलावेसीमा आएको ६.२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र हजारौंलाई घरबारविहीन बनाएको थियो ।