२३ असार २०८३, मंगलबार

कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ? यो प्रश्न के हो भनी सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले राजीनामा दिनुपरेको कारण यही थियो । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखिदिए । यसलाई मन्त्रीको अहङ्कार मानेको ठानिएपछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।

न्यूजिल्याण्डका वाणिज्यमन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारीमाथि काँधमा हात राखेपछि आलोचनामा परेका थिए । त्यस कार्यको विरोध यति बलियो भयो कि बेलीले सोमबार उनले आफ्नो मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन् ।

राजिनामा दिएपछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शीर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगेँ ।’

क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएको थिएँ । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेको हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’

राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।

जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन्, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको पनि प्रधानमन्त्री लक्सनले जानकारी दिए ।

मन्त्री बेली पहिलो पटक २०१४ मा न्यूजिल्याण्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए । २०२३ को उत्तरार्धमा लक्सनको चुनाव पछि उनी वाणिज्य र उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय र निर्माण मन्त्री र तथ्याङ्क मन्त्री नियुक्त भएका हुन् । अहिले यो मन्त्री पद खाली भएको छ ।