२५ असार २०८३, बिहिबार

तेस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता फागुन १६ गतेदेखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाल डोरीतान संघले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीयसहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउने संघका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उनले बताए ।

प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन् । पुरुषतर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवर्द्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले बताए ।

प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ ।