
विराटनगर, १३ फागुन । माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी तराई मधेश जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ । मोरङको कानेपोखरीमा फागुन १३ गते मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नोतहरु आउने र जागरणसभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न दबाब दिएका छन् । स्थानीय तह निर्वाचनमा कानेपोखरी गाँउपालिकामा एकजना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन् ।
सोमबार झापाबाट सुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदैछ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।









प्रतिक्रिया