१ कार्तिक २०८३, आइतबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन, तालिम तथा सेमिनार सम्पन्न

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन, एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।

कम्पनीले फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन, एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा एएमएल/सीएफटीको बारेमा विस्तृत रुपमा जानकारी गराए । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसैगरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीलाई पूर्ण रुपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए । साथै, श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।