२५ जेष्ठ २०८३, सोमबार

स्वर्णिम वाग्लेले प्रकृति लम्सालको परिवारलाई नै श्रद्वाञ्जली दिएपछि…

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

भारतको उडिसास्थित केआईआईटी कलेजमा ज्यान गुमाएकी प्रकृति लम्सालको परिवारलाई नै श्रद्धाञ्जली दिएको विषयमा आपत्ति जनाउँदै अभिव्यक्ति रेकर्डबाट हटाउन खतिवडाले माग गरेका हुन् ।

‘प्रतिनिधिसभाको ६ फागुनको बैठकमा प्रकृति लम्सालको भारतमा भएको दुर्घटनाप्रति माननीय स्वर्णिम वाग्लेले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसद्‌मा रेकर्ड गराउनु भएको छ,’उनले भने, ‘यो शब्द संसदको रेकर्डबाट हटाइयोस्।’

खतिवडाले उक्त विषय उठान गरेलगत्तै सभामुख देवराज घिमिरेले यसबारे ध्यानाकर्षण भएको भन्दै सचिवालयलाई यसबारे बुझ्न र यदि त्यस्तो भएको छ भने सच्याउन निर्देशन दिए।

के भनेका थिए स्वर्णिमले ?

फागुन ६ गतेको संसद्‌को विशेष समयमा वाग्लेले भारतीय प्रान्त ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत फेला परेकी लम्सालको परिवारलाई नै श्रद्धाञ्जली दिएका थिए।

उनले भनेका थिए वाग्ले ६ फागुनको बैठकमा भनेका थिए, ुहिजो ओडिसाको कलिङ्गा इन्स्टिच्युट फर इन्ड्रस्टियल टेक्नोलोजी (केआईआईटी) मा असाध्यै दुःखद घटना भयो। नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ। परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेका छौँ।’