
काठमाडौं, १२ फागुन । युएई ‘प्रथम जिसिडि कप–२०२५’को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटबल प्रतियोगिता भएको बताइएको छ ।
जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुबईको दुलस्को क्याम्पको फुटबल मैदानमा भएको प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो । प्रतियोगिताको उपविजेता न्यु ब्वाइज फुटबल क्लब भएको थियो भने फेयर प्लेयर क्लबको उपाधि मेची महाकाली फुटबल क्लबले पाएको छ ।
प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ । उपविजेता न्यु ब्वाइज फुटबल क्लवले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो ।
२ चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरणअन्तर्गत उद्घाटन समारोह फेब्रुअरी २२ को बेलुका ९ बजे सुरु भएको थियो भने लगातार १५ घण्टासम्म चलेको प्रतियोगिता दोस्रो चरणको समापन समारोहसहित फेब्रुअरी २३ गते अपरान्ह सम्पन्न भएको थियो ।















प्रतिक्रिया