६ असार २०८३, शनिबार

उर्जामन्त्रीविरूद्व लेखेको भन्दै दूधकोशी आयोजनाका प्रमुख गुरूङलाई हटाउन निर्देशन

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले दूधकोशी आयोजनाका प्रमुख विमल गुरूङलाई हटाउन निर्देशन दिएको छ ।

उर्जामन्त्री दिपक खड्काविरूद्व सामाजिक सञ्जालमा लेखेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरूङलाई हटाउन निर्देशन दिइएको हो ।

पत्रमा भनिएको छ, “तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।”