२१ असार २०८३, आइतबार

च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । पाकिस्तानको लाहोरमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको चौथो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई हराएर इतिहास रचेको छ ।

जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो ।

इंग्ल्याण्डले अस्ट्रेलियालाई जितका लागि ३५२ रनको लक्ष्य दिएको थियो । तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्‍यो ।

अस्ट्रेलिया टोलीले टस जितेर इंग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो । इंग्ल्याण्डको सुरुवात राम्रो भएन, उनीहरूले ६ ओभर भित्र दुई विकेट गुमाए । तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इंग्ल्याण्डलाई ३५१ को स्कोरमा पुर्‍याउन मद्दत गर्‍यो । अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए ।

यो लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो । यद्यपि, सर्टले ६३ र लाबुस्चेनले ४७ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए ।

यसपछि, इङ्गलिसले केरीसँगै जिम्मेवारी सम्हाले । केरीले ६९ रन बनाए । इङ्गलिसले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए । म्याक्सवेल पनि १५ बलमा ३२ रनमा अविजित रहे ।

जारी आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।