
ताप्लेजुङ, १० फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ ।
विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारीज अगाडि कालो झण्डा देखाएको हो ।
‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागि बनेर फर्कँदै गरेका महतोलाई स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।
जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल्याउनुका साथै समाज भाँड्ने काम गरेको स्थानीयको भनाइ छ ।









प्रतिक्रिया