
काठमाडौं, १० फागुन । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनले राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गतेका लागि तय गरेको छ ।
आज एमाले मुख्यालय च्यासलमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा वैशाख २० र २१ गते गर्ने निर्णय गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा बसेको बैठकमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया