३ असार २०८३, बुधबार

राधिकाको पुस्तक ‘करुणा’ २४ क्यारेटको सुनजस्तै हो, यसमा सत्य कुरा मात्र छ : प्रधानमन्त्री ओली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीले किताब केही पनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो । उपन्यास होइन सत्य कुराको लिखत हो । यो कहानी, कथा होइन यो सत्य हो । यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो । यसमा केही अन्य कुरा मिसिएको छैन् । पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन । म ढुक्क छु, साक्षी छु ।’

प्रधानमन्त्री ओलीले भने, ‘अर्को यसबाट मैले केही कुराहरु थाहा पाएको छु । केही माग, इच्छाहरु रहेछन् । जन्म दिनमा फूल दिउँ भने भोलिपल्ट याद आउँछ । यतिका वर्ष यस्तै गरेर नै गयो । तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन् ।’ यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिँडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि प्रधानमन्त्री ओलीले सुनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ । केहीपनि छैन् । सबै सकाएर हिँडेको मान्छे हुँ । एउटा श्रीमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिएँ । त्यहिँ भएर म पाल्न सक्दिन् पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिएँ ।’

यो पनि:

प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण (तस्वीरहरु)

बालकोट दरबार होइन, आफ्नै पसिना र मेहनतको कमाइबाट बनेको घर हो : राधिका शाक्य