२७ असार २०८३, शनिबार

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० फागुन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए । आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो । यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

‘यो सरकारले जनतामा आशा जगाउनेगरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ’ मन्त्री शाहीले भने– ‘पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।’ उनले वनलाई जनतासँग र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिए ।