२ असार २०८३, मंगलबार

‘धरान रन’को उपाधि केन्याली धावकलाई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १० फागुन । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले वर्चस्व कायम गरेका हुन् ।

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने जेरोटिसलाई सोही दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । धावकद्वयलाई नगद ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।