२८ असार २०८३, आइतबार

कांग्रेस नेता भण्डारी भन्छन्– नेपाली अनागरिक बन्दैछन !

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस् या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।

उनले भनेका छन्–

नेपाली अनागरिक बन्दैछन !!! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस !!! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !!! आफ्ना नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ ! जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफनो देश बनाउन सबै लाग्नु पर्दछ ! हामीले गरे नहुने के छ ? ( गम्भिर कुराले गम्भिर बहस र ब्यवहार खोजेको हुन्छ जसका लागि दिमाग खुला हुनु पर्दछ ।