२६ जेष्ठ २०८३, मंगलबार

लागूऔषधसहित नवलपरासीका तीन जना पोखराबाट पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० फागुन । पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रालिको कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले बोलेरो जिपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तहरुमा जिपका चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार नवलपरासीकै रामग्राम नगरपालिका वडा नं.१२ बस्ने वर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट अवैध लागूऔषध डाइजेपाम दुईसय ६४ एम्पुल, बुर्फिननुर्फिन दुईसय ६३ एम्पुल र फेनारगन दुईसय ६५ एम्पुल गरी जम्मा सात सय ९२ एम्पुल लागूऔषध, पाँच थान मोबाइल पनि बरामद भएको प्रहरीले दाबी गरेको छ । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।