
काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पनि पार्टीसँग एकीकरण नजाने भएको छ ।
पार्टीको शुक्रबारदेखि सुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना नरहेको उल्लेख छ । तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि भएकाले भनिएको प्रतिवेदनमा आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने साथै वर्तमान सरकारले दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको उल्लेख छ । समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिइरहेको जनाइएको छ ।
बैठकमा अध्यक्ष नेपालले निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता पेस गरे ।









प्रतिक्रिया