११ असार २०८३, बिहिबार

वीरगञ्ज भन्सारबाट ९४ अर्ब ५२ करोड राजस्व संकलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ९ फागुन । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो गत आवको सोही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो । कार्यालयले यस अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ’, उनले भने ।

गत साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड र असोजम १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ ।