३ श्रावण २०८३, आइतबार

नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ ।