३० असार २०८३, मंगलबार

गरिबी र अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ: महासचिव पोखरेल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश बनाउने अभियानमा आफै जुट्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदानलाई ‘फ्रड’ (छल) भनेर टिप्पणी गरेपछि महासचिव पोखरेलले विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको उल्लेख गरेका हुन् ।

‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।’ महासचिव पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि ।’

विदेशी अनुदानको यथार्थतालाई औंल्याउँदै महासचिव पोखरेलले नेपाली जनतालाई ‘गरिबीमाथिको अपमान’बाट बच्न आफ्नै प्रयासमा मुलुक निर्माण गर्न आह्वान गरे । ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ– ‘हामी बनाउँछौँ हाम्रो देश नेपाल’ महासचिव पोखरेलले भने ।