२५ जेष्ठ २०८३, सोमबार

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने– अमेरिका गरिबहरुको देश हो, डिभी लोटरी बन्द गर्नु

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समाजिक सञ्जाल फेसबुकमा मेन्सन गर्दै सम्बोधन गरेका छन् । साहले ट्रम्पलाई ‘नेपाल अमेरिका भन्दा राम्रो’ भएको महसुस गराएकोमा धन्यवाद व्यक्त गरेका हुन् ।

साहका अनुसार, ‘नेपाल गरिब छ किनभने हामी कहाँका मानिसहरू देश छाड्दैछन्, ।’ साहले ट्रम्पलाई भनेका छन्, ‘तपाईं (अमेरिका) गरिब हुनुहुन्छ किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन् ।’

मेयर साहले अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई ‘दासत्व’ भनेका छन् र यसलाई रोक्न आग्रह पनि गरेका छन् । साहले यसले गर्दा ‘नेपालले आफ्ना रत्नहरू फिर्ता पाउनेछ’ भनेका छन् ।