४ असार २०८३, बिहिबार

नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

आज घरेलु मैदानमा भएको खेलमा लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई १–० ले पराजित गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीको गोल नै निर्णयक गोल बन्यो । नेपालले दुई खेलबाट ६ अंक जोड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालसँगै आजै भएको पहिलो खेलबाट म्यमानमार पनि फाइनलमा पुगिसकेको छ ।

म्यानमारले कीर्गिस्तानविरुद्ध ५–० ले पराजित गरेको हो ।