
काभ्रेपलाञ्चोक, ८ फागुन । संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए ।
पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी अस्पतालमा भर्ना भएका थिए ।
दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।








प्रतिक्रिया