
काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।
नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलगायत सहिदहरुले गरेको योगदानको स्मरण गरे ।

दूतावासका अनुसार राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रजातन्त्र तथा नागरिक अधिकार प्राप्तिको लागि आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।









प्रतिक्रिया