१० श्रावण २०८३, आइतबार

नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, शपथ आज

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नयाँ दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् ।

बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

विधानसभा निर्वाचनको नतिजापछि पछिल्लो ११ दिनमा गुप्तासहित प्रवेश वर्मा, वीजेन्द्र गुप्तालगायत १० भन्दा बढी मुख्यमन्त्रीको नामको चर्चा रहेको थियो ।

५० वर्षीया गुप्ताले आज दिल्लीको १० औं मुख्यमन्त्रीको शपथ लिनेछिन् । उनले आज अपरान्ह १२ः३५ बजे रामलीला मैदानमा शपथ ग्रहण गर्नेछिन् ।

गुप्ता हालै भएको निर्वाचनमा दिल्लीको शालिमार बाग सिटबाट पहिलो पटक विधायक निर्वाचित भएकी थिइन् ।

भाजपा २७ वर्षपछि दिल्लीमा सत्तामा आएको हो ।