२१ जेष्ठ २०८३, बिहिबार

राजतन्त्रको भूत जगाउने प्रयास नगरौँ : शंकर पोखरेल

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ७ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीति क्रान्ति र पूर्ण क्रान्तिमा फरक भएको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्वारा शनिबार आयोजित वडा केन्द्रित अभियान शुभारम्भ तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले नेपालमा राजनीतिक क्रान्ति सफल भएको भए पनि पूर्ण क्रान्ति हुन बाँकी रहेको बताएका हुन् ।

‘राजनीतिक रूपमा हामीले ठुलो परिवर्तन गर्‍यौँ, सामन्तवादी राज्यव्यवस्था माथि विजय प्राप्त गरियो तर दलाल नोकरसाही पुँजीवाद बाँकी नै छ’, उनले भने । नेपालको राजनीतिक क्रान्तिले सामन्तवादी नेतृत्व अन्त्य भएको भए पनि अब कसको नेतृत्व स्थापित गर्ने भन्ने कुरा स्पष्ट हुनै नसकेको पोखरेलको भनाइ छ । ‘नेपालको राजनीतिले कुनै खास वर्गलाई राज्य सत्ताको नेताका रूपमा स्थापित गरेकै छैन’, उनले भने ।

पोखरेलले आजको सबैभन्दा ठुलो समस्या राजनीतिमा अवसरवाद र सामाजिक अराजकतावाद भएको बताए । यी समस्याको पहिचान भएको भए पनि त्यसको समाधानको दिशा तर्फ देश अघि बढ्न नसकेको पोखरेलको धारणा छ । ‘राजनीतिक क्रान्तिलाई पूर्ण क्रान्तिमा बदल्ने तर्फ अब पार्टी पङ्तिलाई क्रियाशील बनाउनु पर्छ, अबको ध्यान त्यता केन्द्रित हुनुपर्छ’, पोखरेलले भने ।

पुरानो समाज व्यवस्थाका अवशेषलाई समूल रूपमा अन्त्य नगरेसम्म नयाँ समाजमा अघि बढ्न नसकिने बताए । नेपाली समाजमा अहिले पनि सामन्ति शासन व्यवस्थाको अवशेष बाँकी रहेकोले त्यसलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । कम्युनिष्ट पार्टीको स्थापना नै समाज बदल्नको लागि भएकोले समाज परिवर्तनको लागि प्रभावकारी भूमिका खेल्नु पर्ने महासचिव पोखरेलको भनाइ छ ।

‘परिवर्तनको लागि हामीले जति धेरे पहल गर्छौँ, त्यति नै छिटो समृद्ध समाज बन्दछ’, उनले भने । अधिकारमुखी राजनीतिबाट नेपाली बढी प्रभावित भएको बताउँदै पोखरेलले योगदान बिना अधिकार मात्र खोजेर समाज नबदलिने धारणा राखे । अधुरो क्रान्तिलाई पूर्ण क्रान्तिमा बदल्न आवधिक निर्वाचन मार्फत प्रगतिशील शक्तिले देशको नेतृत्व लिनुपर्ने उनले बताए ।

राजनीतिक ध्रुवीकरण आजको आवश्यकता भएको बताउँदै पोखरेलले यसले बलियो राष्ट्रिय शक्ति बनाउने उहाँले बताउनुभयो । बलियो राष्ट्रिय शक्तिले मात्र राष्ट्र निर्माणको काम गर्न सक्ने उनको धारणा छ ।

पोखरेलले ३२ सिट भएको पार्टीले आफूलाई पाँचै वर्ष शासन गर्ने म्याजिक नम्बर भएको बताउन लागेपछि कांग्रेस र एमालले हस्तक्षेप गर्नुपरेको उनले स्पष्ट पारे । ‘लोकतन्त्र माथिको भद्दा मजाक सधैँका लागि अन्त्य गर्न दुईवटा ठुला पार्टी मिलेको हो’, उनले भने।

पोखरेलले अबको नेपालको राजनीतिको विकल्प राजतन्त्र नहुने कुरा बुझ्न पनि आग्रह गरे । विश्वले ठुला ठुला आर्थिक, सामाजिक परिवर्तन गरिरहेको बेलो २ सय वर्षभन्दा बढी शासन गरेको राजतन्त्रले के गर्‍यो ? भन्दै उनले प्रश्न गरेका छन् । त्यसैले राजतन्त्रको भूत जगाउने प्रयत्न नगर्न पनि उजले चेतावनी दिए ।