११ असार २०८३, बिहिबार

प्रकृति लम्साल मृत्यु प्रकरण : पक्राउ परेका पाँचजना धरौटीमा रिहा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्साल मृत्य प्रकरणमा पक्राउ परेका पाँचजना धरौटीमा रिहा भएका छन् ।

केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरा धरौटीमा रिहा भएका हुन् ।