
रौतहट, ७ फागुन । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित २ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ को मुकेश यादव र सोही ठाउँका वर्ष १९ को संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन् ।
पर्सा गाउँपालिका ६ मङराहा पोखरीस्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४२ प ४२७० नं. को मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागू औषध अनेरेक्स १०० मिलीको १७० फाइल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरी जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन् ।
मोटरसाइकल चालक मुकेश र पछाडि सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ ।









प्रतिक्रिया