६ असार २०८३, शनिबार

केयरगिभरका लागि इजराइल उडे १३ नेपाली

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् ।

वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन् ।

गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्रमार्फत छनोट भएका थिए । उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजराइल शाखाले जनाएको छ ।

हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।