१२ असार २०८३, शुक्रबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।